प्रकाशित मिति : बिहिबार, बैशाख १, २०७९
महोत्तरीको सातपत्रे जङ्गलमा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव बुधबार फेला परेको हो।
शव गलेर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो।
नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५५ का पुरुषको शव गलेर दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij