आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पाकेको केराको मूल्य दर्जनको झण्डै २०० रूपैयाँ

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २, २०७९



  • काठमाडौं । नेपाली बजारमा पाकेको केराको खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कालीमाटी तराकारी तथा फलफूल बजार विकास समितिकाअनुसार केही दिनयता प्रतिदर्जन पाकेको केराको थोक मूल्य १६० रुपैयाँसम्म पुगेको छ ।

    खुद्रा बजारमा दर्जनमै करिब २०० रुपैयाँ नजिक पुग्न थालेको छ । केराको मूल्य सम्भवतः हालसम्मकै उच्च भएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् ।

    थोकमै १६० रुपैयाँ पर्ने प्रतिदर्जन केराको मूल्य खुद्रामा भने अझै बढी हुने श्रेष्ठको भनाइ छ । पछिल्लो दुई सातादेखि केराको मूल्य बढी रहेको उनले बताए ।

    चैत दोस्रो सातासम्म प्रतिकिलो १२० रुपैयाँ दर्जन रहेको केराको मूल्य वैशाख २ गते १५० देखि १६० रुपैयाँ थोकमा मूल्य कायम भएको छ । यसअघि प्रतिगोटा १० रुपैयाँ पर्ने केराको मूल्य अब कोसामा साढे तीन रुपैयाँसम्म बढेको विकास समितिले जनाएको छ ।

    नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार केराको मूल्य अझै महँगो हुनेछ । केरामा नेपाल भारतमा पर्ण जस्तै निर्भर रहेको र भारतको आयात रोकिंदा नेपालमा मूल्य बढेको संघका महासचिव विनोद पाण्डेले बताए ।

    ‘भारतको भुसाल, आन्द्र प्रदेश र उत्तर प्रदेशबाट नेपालमा केरा एलसीबाट मात्रै आउने गरेको थियो,’ पाण्डेले भने ‘त्यो केरा आयात अब रोकिएको छ ।’

    करिब डेढ महिना केरा आयातलाई १०० प्रशित नगद मार्जिनको व्यवस्था गरिए पनि चैत २१पछि भने एलसी नै रोकिएको उनले बताए । बजारमा अहिले बिक्रीमा रहेको केरा यसअघिकै एलसीबाट आएको हुनाले अब नयाँ आयात रोकिंदा मूल्य मात्रै नभई बजारमा केराको अभाव समेत हुने पाण्डेले बताए ।

    राष्ट्रिय फलफूल विकास केन्द्रकाअनुसार आव २०७६/०७७ सम्म नेपालमा वार्षिक १६ हजार ६१५ हेक्टर क्षेत्रफलमा २ लाख ७८ हजार ८९० मेट्रिकटन केरा उत्पादन हुन्छ ।

    व्यसायीहरुकाअनुसार यो उत्पादनले बजारको कुल मागको २ महिनालाई मात्रै धान्छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले भारतबाट १ अर्ब १६ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको ३८ करोड ३३ लाख किलो केरा आयात भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij