आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जुम्ल्याहा बच्चाको आशा गरेका रोनाल्डो दम्पत्तीले भने- हाम्रो छोराको मृत्यु भयो, छोरी जिवित छन्

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ६, २०७९



  • क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले आफ्नो बच्चाको मृत्यु भएको जानकारी दिएका छन्।

    उनीहरूले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको जानकारी दिएका हुन्। ‘ आफ्नो बच्चाको निधनबारे हामीले गहिरो दुःखमा साथ भन्नु परेको छ।’

    जुम्ल्याहा बच्चाको आशा गरेका उनीहरूले दुई मध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको बताएका हुन्।

    यसलाई उनीहरूले कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्।

    जुम्लाहामध्ये छोरी बाँचेकाले आफूहरूलाई केही आशा र खुशी मिलेको बताएका छन्। ‘दुई मध्ये छोरी बाचिन्, यसले हामीलाई केही आशा र खुशीका साथ बाँच्न बल दिएको छ’, उनीहरूले एक विज्ञप्ति निकालेर भनेका छन्।

    ३७ वर्षिय रोनाल्डो र २८ वर्षिय रोड्रिग्वेजले यसअघि अक्टुबरमा बा-आमा बन्ने घोषणा गरेका थिए।

    रोनाल्डो अहिले ५ बच्चाका पिता छन् । प्रेमिका रोड्रीगुएजबाट यसअघि पहिलो बच्चा अलाना मार्टिनाको २०१७ मा जन्म भएको थियो। मार्टिना बाहेक रोनाल्डोका छोरा रोनाल्डो जुनियर र जुम्ल्याह इभा र माटेओ छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij