आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

देउवा र आलेविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १३, २०७९



  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक राजकुमार क्षेत्री हुन् ।

    नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट सरकारले हटाएपछि उनी २१ पुस २०७८ मा सर्वोच्च पुगेका थिए ।२३ पुसमै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ र अल्पकालीन आदेश जारी गरेको गरेको थियो । र, आदेश कार्यान्वयन नभएको भन्दै २७ माघमा उनले प्रधानमन्त्री देउवा, संस्कृतिमन्त्री आलेसहित विरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

    उक्त मुद्दालाई पूर्ण सुनुवाइ गर्न न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले ६ चैत २०७८ मा आदेश दिएका थियो।देउवा सरकारले क्षेत्रीलाई हटाएपछि महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij