आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लुम्बिनी प्रदेशमा २२ हजार ४२१ जनाको उम्मेदवारी

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १३, २०७९



  • बुटवल । स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४२१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोग नेपालले आज सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तहको प्रमुखमा ४०४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २८५ जनाले दर्ता गराएका छन् ।

    पालिकाको अध्यक्ष पदमा ५४६ र उपाध्यक्ष पदमा ४२० जनाले मनोनयन दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । वडाध्यक्ष पदमा पाँच हजार १०२ को मनोनयन परेको छ । महिला सदस्यमा तीन हजार ८८६, दलित महिला सदस्यमा तीन हजार ६०३ र सदस्यमा आठ हजार १७५ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगको सूचना अनुसार गुल्मी जिल्लामा एक हजार ३२० ले उम्मेदवारी दर्ता गराएका छन् ।

    यसैगरी पाल्पामा एक हजार १०८, अर्घाखाँचीमा ८७२ जना र कपिलवस्तुमा तीन हजार ३२ ले उम्मेदवारी दर्ता गराएका छन् । रुकुम पूर्वमा ३९७ जना, रोल्पामा एक हजार १६३ जना, प्युठानमा ९७१, दाङमा दुई हजार ३६२ जना र बाँकेमा दुई हजार ३२७ ले उम्मेदवारी दर्ता गराइका छन् । यसैगरी बर्दियामा एक हजार १७५२ जना र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा दुई हजार ३८ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij