आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आजदेखि राति १२ बजेसम्म आन्तरिक उडान सञ्चालन गर्ने तयारी

  • प्रकाशित मिति : बिहिबार, बैशाख १५, २०७९



  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको उडान समय अवधि बढाएर १८ घण्टा पुर्‍याएको छ । विमानस्थलको चापलाई ध्यान दिदै आज बिहीबारदेखि तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको हो ।

    भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय प्राधिकरणले गरेको हो ।

    यसले काठमाडौं विमानस्थलको उडान चापको व्यवस्थापन हुने विश्वास प्राधिकरणको रहेको छ ।

    आगामी जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा पनि त्रिभुवन विमानस्थल तथा भैरहवाको गौतम वुद्ध विमानस्थलबाट २४ घण्टे उडान सञ्चालन गरिने पनि प्राधिकरणले जनाएको छ । २४ घण्टे उडान तालिका लागू भएपछि यात्रुहरुले विमास्थलमा अनावश्यक समय पर्खनु नपर्ने दाबी पनि प्राधिकरणले गरेको छ ।

    काठमाडौं विमानस्थलमा अहिले दैनिक दुवैतर्फी उडान ४२० वटा भइरहेको छ । विमानहरुले अवतरण र उडानका लागि घण्टौं पर्खनु पर्ने अवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij