आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना, एक जनाको मृत्‍यु, २८ जना घाइते

  • प्रकाशित मिति : बिहिबार, बैशाख १५, २०७९



  • मुस्ताङ । विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको ना ५ क २१५९ नम्बरको बस दुर्घटनामा परेको छ । ३८ जना तीर्थयात्री बोकेको उक्त बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अनलाइनखबरलाई बताए ।

    प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बस दुर्घटनामा २८ जना घाइते भएका छन् । मृत्यु हुने ३८ वर्षकी महिला रहेको उनले बताए ।

    उनले भने, ‘कागबेनीमा तीर्थ यात्री बोकेको बस दुर्घटना भएको छ। उनी स्कुटरमा सवार थिइन् । स्कुटरबाट झर्ने क्रममा बससँग ठोक्किएको प्रारम्भिक जानकारी छ। दुर्घटनामा २८ जना घाइते यात्रु घाइते छन् । ‘

    उनका अनुसार मुस्ताङको वारागुङ गाउँपालिका-१ मा बस दुर्घटना भएको हो । घाइतेहरूको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij