प्रकाशित मिति : सोमवार, बैशाख १९, २०७९
बर्दिया । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएकाे छ ।
स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन अघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको हो । सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गरिने भएकाे छ । साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती समेत गर्ने निर्णय भएको छ।
साथै ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो। साे बैठकमा बर्दियाका प्रमुख जिल्ला अधिकारी बास्तोला, बाँकेका प्रमुख जिल्ला अधिकारि सुर्यबहादुर खत्री, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भारततर्फ बहराइच र श्रावस्तीका सीमा सुरक्षा बलसहित दुई देशका सुरक्षा अधिकारी उपस्थित थिए ।
बर्दिया जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ८२ किलोमिटर छ भने बाँकेको ६५ किलोमिटर रहेकाे छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij