आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

७ वर्षपछि शाहरूख खान र काजोलको जोडी स्क्रिनमा देखिने

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २०, २०७९



  • काठमाडौं । करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ बहुप्रतिक्षित फिल्म मध्ये एक हो । हालै बलिउडको अनस्क्रिन सुपरहिट जोडी काजोल र शाहरुख खान फिल्ममा विशेष भूमिकामा देखिने खबर आएको छ । रोहित शेट्टीको ‘दिलवाले’ पछि यी दुवै ७ वर्षपछि यो फिल्ममा एकसाथ देखिँदैछन् । फिल्ममा आलिया भट्ट र रणवीर सिंह मुख्य भूमिकामा छन् ।

    बलिउड लाइफको रिपोर्ट अनुसार शाहरुख र काजोल फिल्ममा विशेष भूमिकामा रहनेछन्, जसको लागि दुबैले चाँडै मुम्बईमा सुटिङ सुरु गर्नेछन् । शाहरुख अहिले आफ्नो प्रोजेक्टमा व्यस्त छन् । नजिकको स्रोतका अनुसार शाहरुखले करण जोहरको फिल्मको सुटिङमा एक दिन बिदा लिनेछन् । यद्यपी दुबै विशेष गीतमा देखिने वा विशेष दृश्यमा देखिने भन्ने कुरा भने खुलाइएको छैन ।

    स्रोतका अनुसार, “शाहरुखले आफ्नो व्यस्त तालिकाबाट सुटिङका ​​लागि एक दिनको समय दिन सक्छन् र मुम्बईमा नै सुटिङ गर्न सक्छन्। जोडीको उपस्थिति भने तय हुन बाँकी छ। दुवै विशेष गीत वा विशेष दृश्यमा देखिनेछन्। लामो समयपछि निर्देशकको रूपमा फर्किनु करणको लागि उत्साहको कुरा हो ।

    शाहरुखले करण जोहरको फिल्म ‘ए दिल है मुश्किल’ मा विशेष भूमिका दिएका थिए । काजोल र शाहरुख पछिल्लो पटक सन् २०१५ मा रोहित शेट्टीको फिल्म दिलवालेमा देखिएका थिए । चलचित्रमा सात वर्षपछि दुवैको पुनर्मिलन हुनेछ ।

    वर्कफ्रन्टको बारेमा कुरा गर्दा, शाहरुख खान दीपिका पादुकोणको साथ आगामी फिल्म ‘पठान’ मा देखिनेछन्। उनीसँग राजकुमार हिरानीको ‘डंकी’, ‘धूम ४’ र ‘लायन’ जस्ता फिल्म पनि छन् । अर्कोतर्फ, काजोल फिल्ममेकर रेवतीको फिल्म ‘सलाम भेन्की’ मा देखिनेछिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij