आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बाँकेलाई औलोरहित जिल्ला बनाउने तयारी

  • प्रकाशित मिति : बुधबार, बैशाख २१, २०७९



  • नेपालगञ्ज । बाँकेलाई औलोरहित जिल्ला बनाउनको लागि आवश्यक तयारी तीव्र रुपले अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन् २०२५ सम्ममा नेपालबाटै औलो उन्मुलन गर्ने तयारी भए पनि बाँकेको खासगरी नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा औलोका बिरामी देखापरेपछि सम्बन्धित पालिका र स्वास्थ्य कार्यालय बाँकेले आवश्यक तयारी अघि बढाएको छ ।

    बाँकेको नरैनापुरमा सबैभन्दा बढी केस देखापरेपछि स्थानीय पालिकाले त्यसको निगरानी राख्नुको साथै उपचारसँगै जनचेतनाको लागि पहल गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए । उनले भारतको महाराष्ट्रमा रोजगारी गर्न जानेहरू उतैबाट संक्रमित भएर आउने गरेको कारण नरैनापुरमा संक्रमित संख्या बढी देखिएको बताए ।

    उनले भने, ‘देखिएको केस नरैनापुरको स्थानीय होइन । भारतमा रोजगारीका लागि गएर फर्केकालाई ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा औलोको संक्रमण देखिएको हो ।’

    उनले चालु आर्थिक वर्षको चैत्रसम्ममा नरैनापुरका ४२ जनामा औलोको संक्रमण देखिएको बताए । उनले पालिकाले सचेतनाको लागि विभिन्न कार्य गर्दै आएको साथै झुल वितरण गर्ने, लामखुट्टेको लार्भा मार्नको लागि विषादी छर्ने जस्ता कार्य भएको बताए ।

    औलोबाट बाँकेको नरैनापुरको वडा नं २ र ३ मा सबै भन्दा बढी संक्रमित पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६१ जना, ०७६/०७७ मा ५६, ०७७/०७८ मा ४२ र चालु आर्थिक वर्षको २१ चैतसम्मको ८० वटा केस रिर्पोटिङ भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij