आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुनावको मुखमा राजधानीमा फोहोर थुप्रियो

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २३, २०७९



  • काठमाडौं । पुराना जनप्रतिनिधि निवर्तमान, नयाँ नचुनिएको स्थितिमा स्थानीय निकाय यतिबेला कर्मचारीको भरमा चलिरहेका छन् । चुनावमा उठेका उम्मेद्वारहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पहिलो एजेण्डा बनाइरहँदा सार्वजनिक ठाउँमा फोहोरको थुप्रो लाग्ने क्रम बढेको छ । गर्मी याममा जताततै फोहोरको डुँगुरले रोगको त्रास बढाएको छ ।

    जनप्रतिनिधिले गर्ने कामको चाप यतिबेला कर्मचारीमाथि परेको छ । विकासका बाहेक प्रशासनिक काम स्थानीय निकायबाट सम्पन्न भइरहेका छन् । सेवा लिन आउने सेवाग्राहीको पनि बाक्लै उपस्थिति देखिन्छ । पदाधिकारी हुँदा सबै काम बाँडफाँड हुँदा सजिलो हुने गरेको तर अहिले आफूहरुले मात्र गर्दा कामको भार थपिएको कर्मचारीको अनुभव छ । यद्यपी स्थानीय निकायले दिने सेवामा कुनै बाधा नपर्ने कर्मचारी बताउँछन् ।

    चुनावको समयमा फोहोरको डुंगुरले जनजीवन आक्रान्त पारेको छ । हप्तौंदेखि फोहोर उठेको छैन । अझ वर्षाले थुपारेकै ठाउँमा कुहिन थालेपछि पदयात्रीको बेहाल भएको छ । राजधानी दुर्गन्धित हुँदा स्थानीय आक्रोसित छन् ।

    चुनावी राजनीतिभित्र फोहोरको राजनीति कसरी घुस्यो त ? ल्याण्ड्फिल्ड साइट पुग्ने बाटोमा स्थानीयले विभिन्न माग राखी अवरोध गर्दा फोहर उठन नसकेको महानगर बताउँछ । महानगरसँग सम्बन्धित माग पूरा गर्न आफूहरु तयार भएपनि कालोपत्रे (पीच) गर्ने काम आफ्नो कार्यक्षेत्रभित्र नरहेको महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिनुभयो ।

    मागका विषयमा पटक पटक बैठक भइरहेको छ । केही माग सम्बोधन भएका छन् । तर ल्याण्डफिल्ड साईट प्रभावित क्षेत्रका बासिन्दाले मागमाथि माग थपेको महानगरको भनाई छ । फोहोरमा मोहर फलाउने नाराबाट सुरु भएको राजनीति अझैं गन्तव्य पाएको छैन । हुँदाहुँदा स्थानीय निकायका उम्मेद्वारसँग पनि यस विषयमा स्पष्ट योजना छैन् । यसले फोहोरको समस्या बारम्बार बल्झिरहने निश्चित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij