आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भोजमा बोलाएर साथीको हत्या गरेको आरोपमा एक पक्राउ

  • प्रकाशित मिति : शनिबार, बैशाख २४, २०७९



  • ;fyLsf] xTof kqmfp ;Kt/L, @$ j}zfv M ef]h et]/df vfgf agfpg af]nfO{ cfkmg} ;fyLsf] xTof u/L km/f/ /x]sf ;Kt/Lsf] ?kgL ufpFkflnsf– ! ?kgLrf]s a:g] #* jifL{o df]=gflh/ ldofF . xTof u/L ef/tdf n'sLl5kL a:b} cfPsf ldofF lgjf{rgsf] d'vdf ef/taf6 g]kfn k|j]z u/]sf] ;"rgf kfPkl5 k|x/Ln] pgnfO{ kqmfp u/]sf] xf] . t:jL/ M gfgLd}of s6jfn÷/f;;

    भोजमा बोलाएर साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    सप्तरी रूपनी गाउँपालिका-१ रूपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।

    शनिबार पत्रकार सम्मेलन गरी मियाँलाई सार्वजनिक गरेको छ। निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो।

    मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गरिएको थियो। महतोको शव सप्तरीको

    शम्भुनाथ नगरपालिका-१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा हत्याको भोलिपल्ट फेला परेको थियो।

    शव फेला परेपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए। पक्रन प्रहरी सक्रिय भएपछि उनी फरार भई भारतको विहारमा लुकेर बस्दै आएका थिए।

    आरोपित मियाँ यसअघि विसं २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका-७ बाट एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका थिए। तत्काल पुर्पक्षका लागि कारागार चलान भएका उनी जरिवानापश्चात नौ महिनापछि रिहा भएका थिए।

    जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार मियाँ अवैध लागुऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने आपराधिक समूहका व्यक्ति हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij