आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बालकृष्ण खाँणको आग्रह : बुटवलबाट प्रदेश राजधानी सार्नेलाई भोट नदिनू

  • प्रकाशित मिति : शनिबार, बैशाख २४, २०७९



  • बुटवल । गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट दिन नहुने बताएका छन् ।

    जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राधानी तोकेको तर एमालेले राजधानी दाङ पुर्‍याएको मन्त्री खाँणले आरोप लगाए ।

    पाँच दलले बुटवलमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘स्थायी राजधानी बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पुर्‍याए ? अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’

    विष्णु पौडेलले सुकुमबासीको नाममा आफैंले जग्गा लिए

    गृहमन्त्री खाँणले एमाले उपाध्यक्ष विष्णु पौडेलप्रति कटाक्ष गर्दै सुकुमबासीको नाममा आफैंले बुटवल र काठमाडौंमा जग्गा लिएको आरोप लगाए ।

    ‘सुकुमबासीलाई व्यवस्था गर्नुभयो कि आफ्नो व्यवस्था गर्नुभयो ?,’ खाँणले भने, ‘सुकुमबासीको हैन आफ्नो नामको लालपुर्जा हातमा आयो, बुटवलमा मात्र हैन काठमाडौंमा पनि । ’

    कुनै दल कमजोर भएर नभई संविधानको रक्षा, विधिको शासन, नागरिकका हक र प्रेस स्वतन्त्रताको रक्षाका लागि पाँच दलबीच गठबन्धन भएको उनको तर्क थियो । गृहमन्त्री खाँणले ७ दल र माओवादीबीच शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति सुरु भएको र ओलीले दुई पटकसम्म संसद विघटन गरेपछि पुनः गठबन्धन भएको बताए ।

    रुपन्देहीमा खेलराज पाण्डे जत्तिको क्रियाशील उम्मेदवार नभएको भन्दै गृहमन्त्री खाँणले पार्टीभित्र वैचारिक मतभिन्तता भएपनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij