आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सलमानले जुन केटासँग भेट गराइदिएका थिए, के उनैसँग सोनाक्षीको इंगेजमेन्ट भएको हो ?

  • प्रकाशित मिति : सोमवार, बैशाख २६, २०७९



  • काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गरेकी छन् । उनले हिराको औंठी सार्वजनिक गर्दै फ्यानलाई यो खुसीको खबर सुनाइन् । तर यससँगै सोनाक्षीले आफ्नो मंगेतरको नाम गोप्य राखेकी छिन् । उनले आफ्नो मंगेतरको नाम वा अनुहार खुलाएकी छैनन् । तर अहिले सम्मको रिपोर्ट अनुसार सोनाक्षीको यो मिस्ट्री म्यान अरु कोहि नभई जहिर इकबाल हुन् ।

    सोनाक्षीसँगै जहीर इकबालको नाम यसअघि पनि धेरै पटक चर्चामा आइसकेको छ । उनीहरुको डेटिङको खबर लामो समयदेखि चलिरहेको थियो । दुबैले आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् तर अब यो रहस्य खोल्ने समय आएको देखिन्छ।

    जहीर इकबालले नोटबुक, डबल एक्सएल, कमाल खान: बुमरोमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेका छन्। जहीर इकबालका बुबा इकबाल रत्नसी हुन्, जो सलमान खानका बाल्यकालका साथी हुन्। जहीरले सलमानसँगको आफ्नो बाल्यकाल र जवानीको तस्बिर सेयर गरेका छन् ।

    अभिनय करियर बाहेक जहीरले सन् २०१४ मा सोहेल खानको फिल्म जय होमा पनि काम गरेका थिए । उनले यो चलचित्रमा सहायकको रुपमा काम गरेका थिए ।

    जहीर र सोनाक्षीको सम्बन्धको बारेमा कुरा गर्दा उनीहरु दुबैको भेट सलमान खानले गराइदिएको बताइएको छ । केही समयअघि इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा जहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्धबारे भनेका थिए– ‘मैले लामो समयदेखि यो कुरा सुन्दै आएको छु । अब मलाई यसको वास्ता छैन।’

    ‘यसरी सोच्नुहुन्छ भने सोचिरहनुहोस्। तपाइको लागि राम्रो। म उनको (सोनाक्षी) साथमा छु भन्ने सोच्दा खुशी मिल्छ, तब तपाइको लागि खुशीको कुरा हो । र यदि यसले तपाईलाई चोट पुर्यायो भने, म माफी चाहन्छु। यसबारे सोच्न बन्द गर्नुहोस्।’

    उनले थपे– ‘यो उद्योगको हिस्सा हो । यो कुरा मलाई उद्योगमा आउनुअघि नै थाहा थियो । सलमान भाइले जहिले पनि धेरैले यस्तो लेख्छन्, त्यसमा खासै ध्यान नदिनु भन्नुहुन्थ्यो । त्यसैले म यस्तो कुरालाई ध्यान दिन्न ।’ सोनाक्षी र जहीरको बन्धन उनीहरुको सामाजिक सञ्जाल पोस्टमा प्रष्ट देखिन्छ । दुबैले एकअर्कासँग धेरै तस्विर सेयर गरेका छन् । अब यो मित्रता हो कि अरु केहि हो, छिट्टै थाहा हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij