आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिन्धुपाल्चोकको सुकुटेबाट काँग्रेसका अगुवा कार्यकर्ता अपहरण गरेको आरोप

  • प्रकाशित मिति : सोमवार, बैशाख २६, २०७९



  • सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१० स्थित सुकुटेबाट नेपाली काँग्रेसका अगुवा कार्यकर्तालाई एमाले र माओवादी केन्द्रका कार्यकर्ताले अपहरण गरेको आरोप छ । नेकपा माओवादी केन्द्र छाडेर भर्खरै काँग्रेसमा प्रवेश गरेका सुनकोशी गाउँपालिका घर भएका बलराम कार्कीले आफु अपहरणमा परेको दाबी गरेका छन् ।

    एमाले र माओवादी गठबन्धनमा आवद्ध युवाहरुले उनलाई सुकुटेबाट अपहरण गरेर अँधेरीको स्कुलमा लगेका हुन् । सिन्धुपाल्चोकका एसपी रामेश्वर यादवले लेनदेनको विषयमा विवाद हुँदा सुकुटेबाट गाडीमा राखेर अँधेरीसम्म लगेको अनुसन्धानबाट थाहा भएको रातोपाटीलाई बताए ।

    रातोपाटीसँग कुरा गर्दै एसपी यादवले भने–‘उहाँको भाञ्जा सहितका केही मानिसले केही किलोमिटर पर गाडीमा लगेको हामीलाई बताएका छन् ।’ प्रहरीले कार्कीलाई उद्धार गरेर ईलाका प्रहरी कार्यालयमा दुवै पक्षसँग छलफल गराएको छ । अपहरणमा रमेश लामा सहितका युवाहरु संलग्न रहेको थाहा भएको छ ।

    अपहरणमा परेको दाबी गरेका बलराम कार्कीले आरोपीहरुविरुद्ध जाहेरी दिने बताएका छन् । बलराम सुनकोशी गाउँपालिकाको माओवादी केन्द्रका कोषाध्यक्ष थिए । उनी चुनावी माहोल शुरु भएपछि काँग्रेसमा प्रवेश गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij