आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वैशाख ३० गते सार्वजनिक बिदाः परिचयपत्र नहुनेलाई पनि मतदानको व्यवस्था

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २७, २०७९



  • काठमाडौं । सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मतदानको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले निर्वाचनमा मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था र सहकारी सबैलाई बिदा दिन आग्रह गरेको थियो।

    नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ०७४ को स्थानीय तह निर्वाचनभन्दा यसपटकको निर्वाचन र प्रतिमतदाता खर्च तुलनात्मक रूपमा सस्तो हुने अनुमान आयोगले गरेको छ। ‘आयोगले प्रति मतदाता खर्चको विवरण निकालिसकेको छैन,’ उनले भने, ‘सबै हिसाबमा ०७४ को स्थानीय तह निर्वाचनभन्दा अहिलेको निर्वाचन सस्तो हुनेछ ।’ उनले मतदाता सूचीमा नाम भएका तर परिचयपत्र विभिन्न कारणले हराएका मतदाताहरूले भोट हाल्न पाउनेगरी व्यवस्था गर्ने तयारी भइरहेको जानकारी गराए।

    मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय आयोगले गरेको छ। त्यस्तै निर्वाचनमा प्रयोग नहुने एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्कर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवालगायत अत्यावशक सेवा र कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनु नपर्ने आयोगले जनाएको थियो।

    यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij