आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गठबन्धनका नेतालाई ओलीको प्रश्न- कहिलेसम्म जनतामाझ जान रोक्छौ ? ३० वैशाख त आइसक्यो

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २७, २०७९



  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनतामाझ जानबाट कहिलेसम्म रोक्छौ भनेर गठबन्धन आवद्ध दलका नेतालाई प्रश्न गरेका छन् ।

    काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री रहँदा ताजा जनादेशमा जाने तयारी गरेपछि गठबन्धन गरेर हटाएको आरोप लगाए ।

    कहिलेसम्म जनतामाझ जान रोक्छौ भन्दै प्रश्न गरेका ओलीले भने, ‘जनतामाझ जाने भनेपछि गठबन्धन गरेर हटाए । उनीहरुसँग काम गरेको भन्ने कुरा छैन । उनीहरु भन्छन्– जनतामाझ जान खोज्यो, सरकाबाट हटायौँ । कहिलेसम्म जनतामाझ जान रोक्छौ, ३० वैशाख त आइसक्यो ।’

    अदालतले एमाले संसद भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै उनले कांग्रेसले गर्दा संवैधानिक भनेको आरोप लगाए ।

    कांग्रेसले लोकतन्त्रको परिभाषा बदलेको टिप्पणी गर्दै उनले कांग्रेस कार्यकर्ताले अरु पार्टीलाई मत दिनुपर्ने अवस्था आएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij