आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१४ हजार ३२४ मत ल्याएर विजयी वडलाई गठबन्धनको आशा

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २७, २०७९



  • धनगढी । २०२८ सालमा अछामको घुघुरकोट गाउँ पञ्चायतको दलित परिवारमा जन्मिएका नृपबहादुर वड कालान्तरमा नेपाल गणतन्त्र भएपछि धनगढी उपमहानगरपालिकाको मेयर बने । ३३ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी अहिले सो पदमा दोहोरिने चुनावी अभियानमा छन् ।

    मानविकी संकायका स्नातक वडले जीवनभर भारतमा रोजगारी गरेका बुवाले जोडेको जग्गा–जमिनको आधारमा धनगढीवासी र मेयर हुने अवसर पाएका हुन् । उनी २०३६ सालमा अछामबाट धनगढी झरेका थिए ।

    राजनीतिक यात्रा

    २०४६ सालमा नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिएका वडले २०४९ मा मातृ पार्टी नेपाली कांग्रेसको क्रियाशील सदस्यता पाए ।

    उनी २०५१ मा धनगढी–५ को कांग्रेस वडा सभापति र २०५७ सालमा धनगढी नगर सचिव बने । २०६२÷६३ सालको जनआन्दोलनमा ९६ दिन जेल परेका उनी माओवादी सशस्त्र द्वन्द्वका बेला धनगढी नगर समिति सभापति थिए ।

    माओवादीहरूको चर्को दबावमा कांग्रेसका धेरै नेता–कार्यकर्ता पलायन भएको द्वन्द्वकालमा वडले धनगढीमा कांग्रेसको नेतृत्व गरिरहे । नगर समिति सभापति रहेकै बेला २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरको टिकट पाएका उनी १४ हजार ३२४ मत ल्याएर विजयी बने । त्यो बेला उनलाई चुनौती दिएका स्वतन्त्र उम्मेदवार गोपी हमालले ११ हजार ५२७ मत पाएका थिए ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य (दलित खुला) निर्वाचित हुँदा वडले मानबहादुर नेपालीपछि सबभन्दा धेरै मत पाएका थिए । वड एक समयका फुटबल खेलाडी पनि हुन् ।

    यसबीचमा उनले खेलकुद विकास समिति, धनगढी नगर विकास समिति, बाल संगठन कैलाली र विभिन्न क्लबहरूको नेतृत्व पनि गरेका छन् । कैलालीमा उनले चुनौतीसँग धैर्यपूर्वक भिड्ने सरल नेताको छवि बनाएका छन् ।

    चुनावी अनुकूलता र प्रतिकूलता

    धनगढीको मेयरमा गठबन्धनका साझा उम्मेदवार बनेका वड चुनावी प्रचारप्रसारमा व्यस्त छन् । सरल, सहज र जुुनसुकै बेला सम्पर्कमा आउने उनले अघिल्लो निर्वाचनमा कांग्रेसको एक्लो बलमा विजय हासिल गरेका थिए ।

    अहिले उनलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पनि साथ छ । यसलाई वडको मुख्य अनुकूलता मानिएको छ ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा वडका लागि मत माग्न धनगढी आउनुले पार्टीभित्र पनि उनका लागि थप अनुकूलता सिर्जना गरेको छ ।
    तर, मेयर पदमा वड परीक्षित पात्र हुन् ।

    सोही पदमा दोहोरिंदा हुने अप्ठ्यारा उनले व्यहोर्नुपर्नेछ । पाँचवर्षे कार्यकालमा गर्ने भनेको अधिकांश काम हुन नसक्नु, नगरवासीमा नेतृत्व परिवर्तनको चाहना हुनु, कांग्रेसभित्रै पनि असन्तुष्टि देखिनु वडका लागि प्रतिकूलता हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij