आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गाेरखामा माओवादी कार्यकर्ता कुटिए

  • प्रकाशित मिति : बिहिबार, बैशाख २९, २०७९



  • गाेरखा। स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएकाे छ। अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे।

    उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएको छ। कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेकाे दाबी माओवादीले गरेकाे छ।

    माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासी ढुंगा, चिरपट लगायत प्रयोग गरेर आक्रमण भएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij