आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिरहामा माओवादीका गाउँपालिका अध्यक्ष उम्मेदवार पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३०, २०७९



  • सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन्।

    मध्यराति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

    उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्।

    औरही गाउँपालिका वडा नम्बर ४ स्थित मतदातालाई पैसा बाँड्न आएको भन्दै अध्यक्षका उम्मेदवार यादवलाई कांग्रेस र जसपाका कार्यकर्ताले घेराउ गरेका थिए। त्यसै क्रममा दुईतर्फी झडप हुँदा रड प्रहारबाट माओवादी कार्यकर्ता घाइते भएको सिरहाका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।

    कुटाकुट भएपछि उम्मेदवार यादवसहित थप दुई जनालाई नियन्त्रणमा लिइएको उनले बताए।

    झडपमा परी घाइते हुनेको नाम भने खुल्न सकेको छैन। ती युवकको टाउको फुटेपछि सिरहाकै अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij