प्रकाशित मिति : सोमवार, जेष्ठ २, २०७९
म्याग्दीको मंगला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोका विजयी भएका छन्।
रोकाले ३९६८ मत प्राप्त गर्दै जित हात पारेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २८०५ मत प्राप्त गरे।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि प्रेमकुमारी खत्री विजयी भएकी छिन्।
उनले ४२६१ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिद्वन्द्वी शर्मिला थापाले २५९५ मत प्राप्त गरिन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij