आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

खास कैदी फरार सजाय भोग्ने अर्कै

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १०, २०७९



  • कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा भएको छ। फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि उक्त रहस्य बाहिर आएको हो। नेपालगन्ज उपमहानगरपालिका-२ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार) लाई विजयविक्रम शाह नाम गरेका व्यक्तिको सजाय भुक्तान गर्न लगाइएको पाइएको हो।

    हरिजनका आफन्तले सोमबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका हुन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । नेपालगन्ज कारागारबाट परिवारलाई थाहै नदिई रोल्पा कारागार पुयाइएका हरिजनको केही दिनअघि कारागारमै शंकास्पद मृत्यु भएपछि नेपालगन्ज कारागारका कर्मचारीले गरेको बदमासी खुल्न आएको हो। प्रहरीले सुन्दरको शव रोल्पा कारागारको शौचालयमा देखेपछि परिवारलाई फोन गरेर ‘विजयविक्रम शाहले आत्महत्या गरेका छन्, शव बुझ्न आउनुहोला’ भनेर खबर गरेको थियो । परिवारले विजय आफूहरूको मान्छे नभएको बताएपछि प्रहरीले सुन्दरको झुन्डिएको अवस्थाको फोटो पठाएको थियो। त्यसपछि सुन्दरका दाइ रोल्पा पुगेर शव बुझ्दा पुर्जामा पनि विजयविक्रम नाम नै उल्लेख भएको पाइएपछि उनमा आशंका जन्मिएको थियो र उनले आफ्नो भाइको नाम सुन्दर भएको भन्दै सच्याउन लगाएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij