प्रकाशित मिति : आइतवार, जेष्ठ १५, २०७९
यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसकेका छन् तर पनि तिनको यकिन सङ्ख्या आएको छैन।
पर्यटन विभागले आरोहणलाई मर्यादित बनाउन यस वर्ष १०५ जना सम्पर्क अधिकृतलाई खटाएको थियो तर कुन हिमालमा कति जनाले आरोहण गरे, तोकिएको समयमा सम्बन्धित हिमालमा सम्पर्क अधिकृत पुगे नपुगेकोसमेत अनुगमन नहुँदा यकिन आरोहीबारे विभाग अनभिज्ञ छ। आरोहण क्षेत्रमा फितलो अनुगमनकै कारण अघिल्ला वर्षमा पर्वतारोहण दलसाथ खटाइएको स्थानमा आरोहीसँग नगई राजधानीमै बसेर भत्ता पचाउने गरेको पाइएको थियो। यस वर्ष पनि खटाइएको स्थानमा उनीहरू पुगे नपुगेकाबारे अनुगमन भएको छैन। आजकोगोरखापत्र दैनिकमा समाचार छ ।
हिमाल आरोहिका अनुगमनकालागि खटाइएका १०५ जना सम्पर्क अधिकृत खटाइएको स्थानमा नपुगेकोले
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij