आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बर्दियामा जंगली जनावरको आक्रमण, सुरक्षाको माग गर्दै स्थानीय आन्दोलित

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २३, २०७९



  • बर्दिया । जंगली जनावरको आक्रमण नरोकिएपछि बर्दियाको मधुवन नगरपालिकाका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

    बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण नरोकिएपछि उनीहरु सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

    सोमबार मधुवन–२ छोट्की सोनाहा निवासी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएपछि स्थानीयले सुरक्षाको माग गर्दै आन्दोलन गरेका हुन् ।

    केही दिन अघि पनि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन–२ की कौसिला पालको मृत्यु भएको थियो । मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमण नरोकिएपछि बाघ अनुगमन गर्न निकुञ्जलाई अनुरोध गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

    आक्रमण गर्ने बाघको पहिचान गरी स्थानान्तरण गर्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij