आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

न्युरोडमा युवकको मृत्यु घटना-कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २५, २०७९



  • काठमाडौं। काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनाको अनुसन्धानमा जुटेको हो।

    युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिनेशराज मैनालीले बताए ।

    ‘हत्या नै भएको आशंका पनि गरी नहालौँ । यसले आतंक फैलाउँछ। अहिले घटनाको अनुसन्धानमा प्रहरी टोली संलग्न छ। हामीले कुकुर पनि परिचालन गरेका छौँ’, उनले भने, ‘प्रारम्भिक रूपमा हामीले कसरी मृत्यु घटना भयो ? यसबारे यकिन भन्न सकिने अवस्था छैन।’

    अर्धचेत अवस्थामा टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जन बिहान करिब ७ बजे फेला परेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए ।

    प्रहरी टोली घटनास्थल पुगिसक्दा महर्जनको मृत्यु भइसकेको प्रहरी प्रवक्ता मैनालीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij