आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमा खाद्य संकट

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २६, २०७९



  • काठमाडौं । चालु आर्थिक वर्ष सन् २०२२ मा मुद्रास्फीति बढ्दा आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदमा विश्वमा नै उच्च रुपमा मुल्य वृद्धि हुने तर आर्थिक वृद्धिदर घट्दै जाने आंकलन गरिएको हो ।

    विश्व बैंकले चालु आर्थिक वर्षको अप्रिलसम्ममा विश्वको औषत मुद्रास्फीति ७.८ प्रतिशत पुगेको बताइएको छ भने चालु वर्षमा औषत आर्थिक वृद्धिदर २.९ प्रतिशतमा सीमित हुने उसको आंकलन छ । सन् १९७० को दशकमा देखिएको स्ट्रयागफ्लेसन (मुल्यवृद्धि उच्च हुने र आर्थिक वृद्धि घट्ने) समस्या पुनः एकपटक देखिन सक्ने विश्व बैंकको प्रक्षेपण छ ।

    रुस र युक्रेनबीचको युद्धले खाद्यान्नदेखि इन्धनसम्मको आपूर्ति शृंखलामा असर गर्दा मुल्य वृद्धिले उचाई लिने विश्व बैंकको आंकलन छ । विश्व बैंकका अनुसार नेपालले भने चालु आर्थिक वर्षमा ३.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेछ । तर, सरकारले भने चालु आवमा ५.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ ।

    यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij