प्रकाशित मिति : बिहिबार, जेष्ठ २६, २०७९
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ।
अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो।
नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनःसञ्चालन भएको हो।
अप्टिकल फाइबरको समस्याका कारणले बेला बेलामा सुदूरपहाडको पहाडी भेगमा सञ्चारसेवा अवरुद्ध हुने गरेको छ।
सञ्चार सेवा अवरुद्धपछि यहाँका सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको थियो।
मोबाइल, टेलिफोन र इन्टरनेट सेवा पुनःसञ्चालनमा आएपछि प्रशासनको सेवा निरन्तर जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij