आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुग्लिन सडकखण्डमा आज साना सवारीमात्रै चल्‍ने

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २८, २०७९



  • पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएका छन्।

    आँबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो।

    सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ।

    शुक्रबार बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुनसक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ।

    सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो।

    तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले सडकखण्ड करिब २० मिटर भाँसिएकोले सडक बनाउन केही समय लाग्‍ने भएको हुँदा ठूला सवारीसाधन नचल्‍ने बताएका छन्।

    सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ। शुक्रबार बिहान सडक भासिएर कार, मोटरसाइकल र स्कुटर खस्दा दुई जनाको ज्यान गएको थियो।

    घटनामा परि ज्यान गुमाउनेमा गोरखाकाे सिरानचोक गाउँपालिका ५ छोप्राक घर भइ अहिले आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरकाे हेटौंडा नगरपालिका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।

    सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजी कार्यलाई तीव्रता दिइरहेको छ। भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij