आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २९, २०७९



  • काठमाडाैं । देशका केही स्थानमा आज (आइतबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ ।

    नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे हाे। बाँकी प्रदेशका भू-भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आइतबार बिहान देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    आइतबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली हुने भएकाे छ। अन्य प्रदेशमा भने आंशिक बदली रहनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    आइतबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ । अन्य प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । साथै बाँकी भू-भागमा आंशिकदेखि मौसम सफा रहनेछ । साथै प्रदेश-१ र मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुने भएकाे छ ।

    त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij