आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेतृत्व पंगतीको ज्यादतीविरुद्ध एक जुट हौं : स्वतन्त्र कांग्रेस

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २९, २०७९



  • दाङ । स्वतन्त्र नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ को क्षेत्रिय समिक्षा बैठक बसेको छ । नेपाली कांग्रेस पार्टीबाट असन्तुष्ट रहेका स्वतन्त्र सदस्यहरुको क्षेत्रिय समिक्षा बैठक शनिबार तुलसीपुर ११ मा सम्पन्न भएको हो । नेपाली कांग्रेस पार्टीबाट असन्तुष्ट समूहले कांग्रेसको नेतृत्व पंगतीको ज्यादतीविरुद्ध एक जुट भएर आवाज उठाउनु पर्ने सो बैठकका सहभागि सदस्यहरुको भनाई छ ।

    कांग्रेसभित्र भएको ज्यादती , विसंगती, विना सहकार्यको टिकट वितरण लगायतका विरुद्धमा आवाज उठाउन र दवाव दिनका लागि आफू स्वतन्त्र हुन बाध्य भएको नेपाली कांग्रेसका पूराना नेता डिल्ली बहादुर बस्नेतले बताएका छन। यदि आफूहरुले समयमा दवाव नदिएको नेपाली कांग्रेस पार्टीको भविष्य सुनिश्चित नभएको बताए ।

    आउदै गरेको संघिय र प्रदेशसभाको निर्वाचनका लागि पूर्वतयारी थालेको समेत उनले बताए । आगामी निर्वाचनमा स्वतन्त्र रुपमा कांग्रेस पार्टीबाटै उम्मेदवारी दिएर विजयी हुने लक्ष्य राखेको उनको भनाई छ ।

    गत ३० वैशाखमा भएको पालिका निर्वाचनमा पार्टीले राम्रोलाई भन्दा पनि आफ्ना आसेपासेलाई मनोमानी तरिकाले टिकट वितरण गर्दा चुनावमा हार व्यहोर्न परेको सहभागीहरुको गुनासो थियो । पैसा र आसेपासेलाई मात्रै टिकट वितरण गर्दा पार्टीको अस्तित्व नै सकिने भएपछि आफूहरुले विपिको विचारलाई अनुसरण गर्दै पार्टीबाट छुटिएको बताए ।

    समिक्षा बैठकमा नेपाली कांग्रेसका पूराना नेता डिल्ली बहादुर बस्नेत, खिम प्रसाद खराल, आशाराम भुसाल, गोपिलाल केसी, बासुदेव बस्याल, दान बहादुर खड्का, मिन कुमार खड्का, धन बहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij