आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जेलबाटै रेशम चौधरीले तयार गरे पार्टी संचालन र कार्य विभाजन प्रस्ताव

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २९, २०७९



  • नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले तयार पारेको उक्त प्रस्ताव रातोपाटीलाई प्राप्त भएको छ । पार्टी संचालनका लागि पार्टी लेबी, क्रियाशील सदस्यता र कार्य विभाजनका सम्बन्धमा आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन रेशमको निर्देशन छ ।

    लेबी सम्बन्धमा प्रस्ताव

    नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य हुन एक कार्यकालका लागि २५ हजार लेबी निर्धारण गरिएको छ । यस्तै क्रियाशील सदस्यका लागि एक वर्षमा २५०, साधारण सदस्यका लागि एक वर्षमा २५ रुपैयाँ लेबी निर्धारण गरिएको रेशमको प्रस्तावमा उल्लेख छ ।

    नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित मेयरले मासिक तलबको १५, उपमेयरले १२, वडाध्यक्षले १० प्रतिशत लेबी बुझाउनुपर्ने छ भने वडा सदस्यले मासिक १ हजार रुपैयाँ तोकिएको छ ।

    यस्तै जिल्ला समन्वय समितिका सभापतिले २० प्रतिशत र जिल्ला समन्वय समितिका सदस्यले १० प्रतिशत लेबी पार्टीलाई बुझाउनुपर्ने प्रस्तावमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij