आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिमेन्ट र सरिया लोड भएको जाजरकोट जाँदै गरेको मालबाहक ट्रक सुर्खेतमा दुर्घटना

  • प्रकाशित मिति : शनिबार, असार ४, २०७९



  • दाङबाट जाजरकोट जाँदै गरको ट्रक दुर्घटनामा परेको छ। शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको हो।

    गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको छ।

    उक्त ट्रक मुनि २ जना मानिस च्यापिएको प्रहरीले जनाएको छ। उनीहरु गाडीका चालक–सहचालक हुन् वा अरु कोही हुन् भन्ने खुल्न बाँकी छ।

    ‘हामीले क्रेन पठाएका छौं, त्यो ट्रक उचालेर निकालेपछि मात्र यस बारेमा पुष्टि होला। अहिले दुई जना च्यापिएको भन्ने खबर मात्र आएको छ,’ डिएसपी कार्कीले भने।

    दाङबाट सिमेन्ट र र सरिया लोड गरी उक्त ट्रक जाजरकोटका लागि छुटेको हो।
    भएको

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij