आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्री र कानुनमन्त्री किन पुगे बालकोट ?

  • प्रकाशित मिति : शनिबार, असार ४, २०७९



  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् ।

    शुक्रबार साँझ दुई मन्त्री बालकोटस्थित ओली निवास पुगेका हुन् । ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल गर्ने बताइएको छ ।

    दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । लोसपाले पनि नागरिकता विधेयक अघि बढाउन माग गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij