आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, असार ८, २०७९



  • काठमाडौं। काठमाडौं, बारा, दैलेख र मोरङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा प्र.३-०१-००६ ख ३४७४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ फटकसिला बस्ने ३९ वर्षीया लिलामाई दनुवार रहेका छन् । उनको मंगलबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    बाराको कलैया उपमहानगरपालिका–२७ मौजेरामपुरमा ना.२८ प.७७६८ र ना.३४ प ७९२२ नम्बरको दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ना.३४ प ७९२२ नम्बरको मोटरसाइकलमा सवार करैयामाई गाउँपालिका–१ बस्ने २२ वर्षीय तबरेज आलम रहेका छन् ।

    दैलेखको भगवतीमाई गाउँपालिका–७ खोरस्थित सडकमा क.प्र.०२–००१ त ०२४८ नम्बरको ट्रयाक्टर मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय जगत बहादुर विक रहेका छन् ।

    मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित सडकमा प्रदेश १ –०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया बिमला खड्का रहेकी छन् ।

    यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–११ स्थित सडकमा को.३३ प ४२४१ नम्बरको मोटरसाईकल मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार ३० वर्षीया देव कुमारी श्रेष्ठ रहेकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij