आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

म्याग्दीका दुई गाउँ केराबाटै आत्मनिर्भर

  • प्रकाशित मिति : बिहिबार, असार ९, २०७९



  • म्याग्दी । म्याग्दीको बेनी नगरपालिका खबरा र बगरफाँटामा विस्तार गरिएको केरा खेतीबाट किसानहरूले मनग्गे आम्दानी गर्न थालेका छन् ।

    खबराका १ सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरी व्यवसायीक केराखेतीमा संलग्न छन् । उनीहरूले केरा खेतीबाट वार्षिक डेढ करोड रुपैया बढी आम्दानी गर्न थालेका छन् ।

    खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले पनि वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा विक्रि गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रुपमा चिनिन थालेका छन् ।

    व्यापारीहरू घर घरमा आएर केरा खरिद गर्ने गरेका बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताउनुभयो । खबराका किसानले विगत १२ वर्षदेखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाँउ नै केरा खेतीले ढाकेको छ ।

    खबरामा केरी खेतीको सुरुवात २० वर्ष अघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको स्थानीयवासिन्दाहरुले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँनै ढाकेको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

    स्थानीय शोभित सापकोटाले विगत १० वर्षदेखि व्यवसायिक रुपमा केरा खेती गरेर गाउँमा नै पक्की घर समेत बनाउनुभएको छ । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुनेगरेको उहाँ बताउनुहुन्छ । परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यवसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको कृषक सापकोटाले बताउनुभयो ।

    खेतबारी, पाखा, कान्ला र खोल्साहरू सबैतिर केरा खेतीले ढाकेको छ । यहाँका प्रत्येक घरधुरीले व्यवासायिक रुपमा हजारी जातको केराको खेती गर्ने गरेकाछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij