आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घोराहीले ल्यायो २ अर्ब ३२ करोड ९० लाखको बजेट

  • प्रकाशित मिति : शनिबार, असार ११, २०७९



  • दाङ। घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ ।

    गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ ।

    शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।

    उक्त बजेटको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख जुटाउने उपमहानगरले जनाएको छ ।

    त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड बेहोरिने उपप्रमुख डिसीले बताइन ।

    डिसीका अनुसार प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च बेहोरिने छ ।

    यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौजदातबाट बेहोरिने उल्लेख छ ।

    यस्तै उपमहानगरले आर्थिक वर्षको लागि शिक्षालाइ प्राथमिकता राख्दै बजेट ल्याएको छ ।

    शिक्षालाइ सबै वर्गमा पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तरीय सुधार गर्न भन्दै शिक्षा, युवा तथा खेलकुदका लागि १३ करोड ४७ लाख बिनियोजन गरिएको छ ।

    त्यस्तै घोराहीलाइ सफा, स्वच्छ र सुन्दर नगरमा बनाउन भन्दै सरसफाइ ब्यवस्थापन तर्फ ८७ लाख ६० हजार छुट्टयाइएको छ ।

    त्यस्तै कृषिमा १ करोड १२ लाख र पशुमा ७७ लाख २० हजार छुट्टयाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij