आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चितवन मेडिकल कलेजमा पूर्व प्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुट

  • प्रकाशित मिति : शनिबार, असार ११, २०७९



  • नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुट सुबिधा हुनेगरी सम्झौता भएको छ । सम्झौतामा संघका तर्फबाट अध्यक्ष कुसुमलता सिंह र अस्पतालका तर्फबाट निर्देशक प्राडा.दयाराम लम्सालले हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी,अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा, पत्रकार सुरेश कोइराला लगायतको उपस्थिति थियो ।

    नेपाल प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरीका परिवारले चितवन मेडिकल कलेजमा उपचार गराउँदा उपचार सेवाहरुमा २५ प्रतिशत छुट सुविधा पाउने छन्। यस्तै फार्मेसीले ७ प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ। उक्त सेवा लिनका लागि संघले उपलब्ध गराएको परिचयपत्र आवश्यक पर्ने सम्झौतामा जनाइएको छ । यो सम्झौता आउँदो साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ।

    सम्झौताअनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचार लगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता हुने उपचारमा भने यो सम्झौता लागू नहुने जनाइएको छ। यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले बताए।

    संघका अध्यक्ष सिंहका अनुसार संघले कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पतालले चिकित्सक सहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको छ। उनले यो सम्झौताले नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij