प्रकाशित मिति : बुधबार, असार १५, २०७९
नेपालगन्ज । भेरी अस्पतालबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् ।
अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए ।
भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई ‘अप्रेशन’ गर्न अनुरोध गरेको प्रवक्ता न्यौपानेले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij