प्रकाशित मिति : बिहिबार, असार १६, २०७९
रुपन्देही ।बुटवलमा जंगली च्याउ खाँदा १५ जना बिरामी परेका छन् । बुटवल-१२ नयाँगाउँका ६ जना र बुटवल-४ लक्ष्मीनगरका ९ जना जंगली च्याउ खाएर बिरामी परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अन्य बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij