आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइएमई जनरल इन्स्योरेन्सको सेवामा छुट सम्बन्धि सम्झौता

  • प्रकाशित मिति : शुक्रबार, असार १७, २०७९



  • काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र महराजगञ्जस्थित काठमाडौं प्याथ ल्याब र डाइग्नोसिटक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

    उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गर्नुभएको थियो । सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई काठमाडौं प्याथ ल्याब र डाइग्नोसिटक सेन्टरमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुनेछ । यसमा सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

    सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु संस्थाबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij