आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूतको डरले स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी

  • प्रकाशित मिति : शनिबार, असार १८, २०७९



  • हुम्ला । हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन् ।

    ५० घरधुरी र २३० भन्दा बढी जनसङ्ख्या भएको खार्पुनाथ गाउँपालिका–३, काराङका गाउँवासीले काराङ खोलाको भूतले जन्मेको बच्चालाई खाइदिन्छ भन्ने विश्वास राख्दै आएका छन् । त्यसैले नवजात शिशुलाई काराङ खोला तराउने आँट यहाँका बासिन्दाले देखाउन सकेका छैनन् । सन्तान नजन्मिँदा देवीदेउतालाई भाकल गर्ने र बोका चढाउने यहाँको समाजले नवजात शिशुको सुरक्षाका लागि भन्दै खोला तर्न मान्दैनन् । राया स्वास्थ्य चौकीका संयोजक वीरसिंह रावलले खोलाको बाटो भएर हिँड्नुपर्ने भएपछि कोही पनि गर्भवती बच्चा जन्माउनका लागि स्वास्थ्य केन्द्र आउन नमानेकोे बताउनुभयो ।

    उहाँले भन्नुुभयो, “भूतप्रेतको डर नमान्न र निर्धक्क भएर गर्भवतीलाई स्वास्थ केन्द्रमा ल्याउन आग्रह गर्दा पनि कसैले मान्दैनन् । बच्चा जन्माउन स्वास्थ्य केन्द्रसम्म नआउँदा सरकारले उपलब्ध गराउँदै आएको सेवासुविधाबाट पनि महिला वञ्चित हुने गरेका छन् ।” स्वास्थ्य केन्द्रमा बच्चा जन्माउँदा सुत्केरी भत्ता दिने व्यवस्था छ ।

    स्वास्थ्य चौकीका प्रसूति सेवा हेर्ने स्वास्थ्यकर्मी कविता बुढाले गर्भ रहेको दुई, तीन महिनादेखि नै स्वास्थ्य चौकीमा नियमित परीक्षण गराउँदै आउने महिला बच्चा जन्माउने समयमा स्वास्थ्य चौकीमा नआउने गरेको बताउनुभयो । “उनीहरूका परिवारले नै गर्भवतीलाई यहाँ ल्याउन मान्दैनन्”, उहाँले भन्नुभयो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij