आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राहदानी विभागमा सेवाग्राहीको विजोग, दैनिक ६५ सय बाँड्दा पनि हटेन भीड

  • प्रकाशित मिति : बिहिबार, असार २३, २०७९



  • काठमाडौं । सरकारले जति–जति राहदानी लिन सहज भएको दावी गर्छ, राहदानी विभागमा युवाहरूको भीड उति बाक्लो देखिन्छ ।

    १५ दिनभित्र फारम भरेकै ठाउँमा राहदानी दिने सरकारी उर्दीपछि पनि भात न पानी भएर एकाविहानैदेखि भीड लाग्ने क्रम झन्झन् बढ्दो छ । दैनिक ६५ सय राहदानी बाँड्दा पनि छोप लाग्न सकेको छैन ।

    राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि चल्दै आएको छ ।

    भीडभाड कम गर्न विभागले टोकन प्रणाली, भौचर वितरण र कागजात रुजु गर्नेदेखि पासपोर्ट बनाउने प्रक्रिया सम्म सहज बनाएको दाबी गर्छ । तर, समस्या ज्यूँका त्यूँ छ । आवश्यक परे पनि नपरे पनि राहदानी बनाउने क्रम बढ्दा समस्या थपिएको विभागको तर्क छ ।

    विभागले बनाएको नियममा चल्दा पनि यो नियम सार्थक नरहेको सेवाग्राहीहरूको तर्क छ । उनीहरू व्यावहारिक नियम नबनाउँदा झन् मारमा परेको गुनासो गर्छन् ।

    संघीयता शासन व्यवस्थाको चुरो घरघरमा जनताले सरकारी सेवा पाउनु हो । आफ्नो समस्या लिएर जिल्लामा जाँदा जिल्लाका निकायले केन्द्रमै जान प्रोत्साहित गर्ने गरेको सेवाग्राहीहरू बताउँछन् ।

    दैनिक ६५ सय राहदानी वितरण गर्दै आएको विभागले सेवाग्राहीको सहजताका लागि हरेक सेवाग्राहीलाई छुट्टा–छुट्टै समय तोकिदिनेगरेको छ । तर, सेवाग्राही समय अगावै लाइन बस्ने गरेकाले थप समस्या भएको उसको ठहर छ ।

    नेपालमा इ–पासपोर्टको अवधारणा अन्तर्गत राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएकाले राष्ट्रिय परिचय पत्रमा आफ्नो नाम दर्ता हुने बितिकै राहदानी बनाउनेको भीड पछिल्लो समय अत्यधिक बढेको छ ।

    टन्टालापुर घाम, दर्के झरीसँगै पाइला–पाइलामा लाइन बस्ने नियती बेहोरेका सेवाग्राहीहरूको यो अवस्थामा कहिले सुधार आउला ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij