आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवकी पत्नी साधनाको निधन

  • प्रकाशित मिति : शनिबार, असार २५, २०७९



  • काठमाडौं । समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवकी पत्नी साधना गुप्ताको निधन भएको छ । साधना गुप्ताले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिइन् । पछिल्लो एक सातादेखि उनको स्वास्थ्य निकै नाजुक थियो ।

    साधना गुप्ता मुलायम सिंह यादवकी दोस्रो पत्नी थिइन् । उनको पहिलो विवाह चन्द्रप्रकाश गुप्तासँग भएको थियो । मुलायम सिंह विरुद्ध आयभन्दा बढी सम्पत्ति मुद्दाको अनुसन्धानको क्रममा, सीबीआईको स्टेटस रिपोर्टले रेकर्ड गरेको छ कि साधना गुप्ता र चन्द्रप्रकाश गुप्ताको विवाह ४ जुलाई १९८६ मा भएको थियो।

    प्रतीक यादवको अर्को वर्ष ७ जुलाई १९८७ मा जन्म भएको थियो । त्यसपछि सन् १९९० मा साधना गुप्ता र चन्द्रप्रकाश गुप्ताबीच औपचारिक सम्बन्धविच्छेद भएको थियो । तर साधना गुप्ताको मुलायम सिंहसँग बिहे उनकी पहिलो पत्नी मालती देवीको मृत्युपछि २३ मे २००३ मा भएको थियो।

    सीबीआई रेकर्डले खुलासा गरेको छ कि साधनाले आफ्नो घरको ठेगाना १९९४ मा मुलायम सिंहको आधिकारिक निवासको रूपमा दिएको थियो। यति मात्र होइन, मुलायमको रक्षामन्त्रीको कार्यकालमा (१९९६-९८) उनीसँग हवाई यात्रा गरेका पत्रकार यात्रु सूचीमा साधना गुप्ताको नाम देखेर छक्क परेका थिए। साधना गुप्ताको बारेमा २००७ मा संसारलाई आधिकारिक रूपमा थाहा भयो जब मुलायम सिंहले सर्वोच्च अदालतमा साधना आफ्नी पत्नी भएको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij