आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको प्रतिमामा प्राण प्रतिष्ठा

  • प्रकाशित मिति : शनिबार, असार २५, २०७९



  • काठमाडौं । पशुपति क्षेत्रस्थित मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको अर्धकदको प्रतिमा (मूर्ति)प्राण प्रतिष्ठा गरिएको छ । प्रतिमालाई प्राण प्रतिष्ठा गर्न पाँचदिने अनुष्ठान असार २१ गतेदेखि मृगस्थलीमा सुरु भएको थियो । शालिक योगी नरहरिनाथ बृहद् आध्यात्मिक परिषद्ले तयार पारेको हो ।

    प्रतिमा तयार पार्न रु आठ लाख खर्च लागेको परिषद्का ऋषिकेशजङ्ग शाहले राससलाई जानकारी दिनुभयो । तयार पारिएको शालिक प्राण प्रतिष्ठा पनि परिषद्कै सक्रियतामा भएको हो । मूर्ति प्राण प्रतिष्ठा अनुष्ठानको असार २१ गते पूर्वाङ्गसहित जलावास गरिएको थियो । पाँचदिने अनुष्ठानका क्रममा असार २२ गतेदेखि वस्त्रावास, फलावास, अन्नावास, फूलावास, द्रव्यावास सम्पन्न गरी आज प्रतिमाको प्राण प्रतिष्ठा गरिएको हो ।

    अनुष्ठानअन्तर्गत असार २१ गतेदेखि गरिएको हवनको आज पूर्णाहुति समेत गरिएको छ । अनुष्ठानका क्रममा लक्षहोम गरिएको थियो । सबै विधि पूरा गरी आज दशमीको शुभसाइतमा प्रतिमामा प्राण प्रतिष्ठा गरिएको हो । कार्यक्रममा योगी शिरीषनाथ, बलभद्रनाथ, पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारी, पूर्वसांसद शङ्करप्रसाद पाण्डेसहित विभिन्न सन्त महन्तको उपस्थिति रहेको थियो । प्राण प्रतिष्ठामा गुरुकूलका वटुकले स्वस्ति वाचन गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij