प्रकाशित मिति : सोमवार, असार २७, २०७९
तुलसीपुर । मानव सेवा आश्रम तुलसीपुरमा सोमबार केशवराज सापटकोटाको ५१औं जन्म दिनको अवसरमा खाद्य सामग्री सहयोग गरेका छन् । उनले जन्मदिनको अवसरमा चामल, दाल, तरकारी, साबुन तथा दैनिक प्रयोग हुने उपभोग्य वस्तु लगायतको खाद्य सामग्री सहयोग गरेका हुन् ।
मानव सेवाका लागि स्थापना गरिएको आश्रममा बस्नेहरुको जीवनमा सहज आउने भएकाले सामग्री सहयोग गरिएको केशवराज सापकोटाले बताए । सडक पेटीमा बस्ने, मागेर खाने, मानसिक सन्तुलन गुमाएका गरिब तथा अशक्त, बेसाहरा व्यक्तिहरुको संरक्षणका लागि मानव सेवाले देखाएको बाटो सह्रानिय भएको सापकोटाको भनाइ छ ।
सापकोटा अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तुलसीपुर ३, ८ र ९ को उपाध्यक्ष र नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष र विभिन्न संघसंस्थामा पनि आवद्ध छन् । कार्यक्रममा यातायात व्यवसायी प्रकाश भट्ट, समाजसेवी दिनेश डाँगी, श्रीमती कान्छी सापकोटा, नातीनी बुनु सापकोटा लगाएत थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij