आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१८ करोड हिनामिना प्रकरणमा सञ्चालक समिति अध्यक्ष र सदस्य १२ लाख धरौटीमा छुटे

  • प्रकाशित मिति : बिहिबार, असार ३०, २०७९



  • तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये दुई जना जनही १२ लाख धरौटीमा छुटेका छन्।

    उच्च अदालत तुलसीपुर दाङले बैंक सञ्चालक समिति अध्यक्ष अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकीलाई बुधबार धरौटीमा छोड्न आदेश दिएको अदालतका शाखा अधिकृत मानबहादुर विष्टले जानकारी दिए।

    प्रहरीले बैंकको १८ करोड हिनामिना प्रकरणमा यसअघि नै दुई महिना लाामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको थियो।

    मुद्दा दायर गर्दा बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य फरार सूचीमा थिए। त्यसपछि अदालतले उनीहरूको घरमा म्याद टाँसेको थियो। त्यसपछि सञ्चालक समिति अध्यक्ष बुढाथोकी र सदस्य बुढाथोकी दुबै जना अदालतमा उपस्थित भएको शाखा अधिकृत विष्टले जानकारी दिए।

    बैंकको १८ करोड हिनामिना प्रकरणमा ६ जना बैंक सञ्चालक, सिइओ, कर्मचारी,ऋणी, खातावाल गरेर ५६ जनाविरुद्ध मुद्दा छ।

    यसअघि नै पक्राउ परेकामध्ये बैंकका म्यानेजरसहित १३ जना कर्मचारी र खातावाला समेत गरी पाँच जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।
    १८ करोड हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेकामध्ये बैंकका सिइओ, सञ्चालक समितिका अन्य पदाधिकारी, बैंक ऋण बोर्ड सदस्यहरू फरार छन्।

    त्यस्तै, हिनामिना प्रकरणमा मुद्दा दायर गरिएकामध्ये तत्कालीन वेष्टर्न बैंकका सिइओ खिमबहादुर डिसी, बैंकका कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने, बुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापासहित छ जना र खाताको रकम दुरुपयोग गरेकोमा वसन्तबहादुर बस्नेत पनि फरार नै रहेका छन्।

    बैंक घोटालामा संलग्नमध्ये बैंक सञ्चालक, सिइओ लगाएको सम्पत्ति छानबिन गर्न मागसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा समेत परेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij