आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तुलसीपुरकी एक महिला चार दिनदेखि वेपत्ता

  • प्रकाशित मिति : बिहिबार, असार ३०, २०७९



  • तुलसीपुर ।तुलसीपुरकी एक महिला चार दिनदेखि वेपत्ता भएकी छन् । तुलसीपुर वडा नं. ८ कृष्णमन्दीर निवासी २५ वर्षीया कल्पना कडेँल कार्की धादिङको मलेखु माइतीघरबाट घर तुलसीपुर फर्कने क्रममा बेपत्ता भएकी हुन । चार दिन अघि घरयासी कामका लागि माइतमा पुगेकी कल्पना गत मंगलबार धादिङको मलेखुमा रहेको माइतीघरबाट घर फर्कने क्रममा सम्पर्कबिहिन भएको आफन्त दाई शेरबहादुर पठाइले जानकारी दिए ।

    कल्पनाका श्रीमान मनबहादुर कार्की चार वर्ष अघिदेखि वैदेशिक रोजगारीमा छन् । घरमा सासु ससुरा संग बसिरहेकी कल्पनाले तीन वर्षको छोरालाई घरमै छोडेर माइतीमा गएको र माइतीघरबाट घर फर्कनेबेला वेपत्ता भएको परिवारले जनाएको छ ।

    कल्पनाले घरबाट नागरिकताबाहेक अरु कुनै सामान नलिएको आफन्तले बताएका छन् । माइत गएकी बुहारी बेपत्ता भएपछि परिवारले खोजिका लागि प्रहरीलाई बिहिबार बिहान निवेदन दिएको छ । मोबाईल पनि माइतीमै छोडेर सम्पर्कबिहिन भएकोले खोजी गर्न समस्या भएको परिवारले जनाएको छ ।

    तुलसीपुर अनलाईनबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij