आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली सेनाका जर्नेल थापा राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त

  • प्रकाशित मिति : शनिबार, असार ३२, २०७९



  • काठमाडौं । नेपाली सेनाका अपरेशन बिभागका प्रमुख जर्नेल निर्मल कुमार थापा संयुक्त राष्ट्रसंघको नयाँ फोर्स कमाण्डर नियुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आज साझ एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाका जर्नेल थापालाई फोर्स कमाण्डर नियुक्त गरेको घोषणा गरेका छन् ।

    राष्ट्रसंघले उनलाई अनडोफ मिसन सिरियाका लागि फोर्स कमाण्डर बनाएको हो ।यसअघि सो पदमा नेपाली सेनाका रथी ईश्वर हमाल कार्यरत थिए । उनी यसै साता रिटार्यड भएका हुन् ।संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डर जस्तो उच्च पद पाउँने थापा नेपाली सेनाका सातौ जर्नेल हुन् ।अनडोफ मिसनमै यस अघि पूर्वसेनापति पूर्णचन्द्र थापाले पनि कमाण्ड गरेका थिए ।

    संयुक्त राष्ट्रसंघको जारी विज्ञप्तिमा उनको ३५ बर्षे लामो सैनिक सेवा गरेका थापाले नेपाली सेनाका बिभिन्न इकाईहरुमा काम गरेका हुन् । उनी उपरथी दर्जामा सेनाको अपरेशन बिभागको महानिर्देशक हुन् भने यसअघि उनले राष्ट्रिय सुरक्षा परिषद्मा पनि उपसंयोजकको भुमिका निर्वाह गरिसकेका छन् ।संयुक्त राष्ट्रसंघको शान्ती स्थापना कार्यमा कंगोमा टिमलिडरको भुमिका र इथियोपियामा पनि मिलिटरी अब्जरमेण्टको भुमिकामा काम गरिसकेका छन् ।

    राष्ट्रसंघका महासचिव गुटेरसले भर्खरै कार्यकाल पूरा गरेका फोर्स कमाण्डर ईश्वर हमालले पनि उत्कृष्ट कार्य गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij