आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

भक्तपुरमा एक वृद्ध जलेको अवस्थामा मृत फेला

  • प्रकाशित मिति : शनिबार, असार ३२, २०७९



  • भक्तपुरमा एक जना वृद्ध जलेको अवस्थामा मृत फेला परेका छन्।

    शनिबार बिहान सवा ८ बजे चाँगुनारायण नगरपालिका-२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकार मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

    उनी आफ्नै तीन तले पक्की घरको भुँई तलाको कोठामा मृत फेला परेका हुन्।

    प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार मृतकको कम्मरदेखि माथिको भाग जलेको छ।

    घटनाबारे खबर पाएपछि प्रहरी वृत्त थिमी, परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।

    प्रहरीले केएमसी अस्पतालबाट चिकित्सकको टोलीलाई पनि बोलाएको थियो।

    अहिले पोष्टमार्टमका लागि शव केएमसी अस्पताल दुवाकोट पठाएको छ। मृतक शिल्पकारको घरमा उनका छोरा र बुहारी पनि बस्छन्।

    उनीहरू माथिल्लो तलामा बस्थे।

    बिहान छोराले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घटना नियोजित हो वा दुर्घटना हो भन्ने पाटोबाट अनुसन्धान गरिरहेको छ। अहिले नै घटना शंकास्पद छ वा छैन भन्न नसकिने प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij