आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आकाशमा २ हेलिकप्टर ठोक्किँदा सबैको मृत्यु, एयरपोर्टमा राखिएको अर्को विमानमा पनि आगलागी

  • प्रकाशित मिति : मङ्लबार, साउन ३, २०७९



  • काठमाडौं । लस भेगासको विमानस्थलमा दुईवटा हेलिकप्टर आपसमा ठोक्किएका छन् । यस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुबै हेलिकप्टर सिंगल इन्जिन भएको बताइएको छ । दुर्घटनापछि घटनास्थलमा अस्तव्यस्त भएको थियो । यो जानकारी विमानस्थल प्राधिकरणका उच्च अधिकारीलाई दिइएको छ ।

    संघीय उड्डयन प्रशासनले एक विज्ञप्तिमा पाइपर पीए-४६ विमान सेस्ना-१७२ सँग ठोक्किएको जनाएको छ। पाइपर पीए-४६ ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो। पाइपर खुला मैदानमा र सेस्ना पोखरीमा क्षतिग्रस्त भयो। दुर्घटनाका कारण एटलान्टा विमानस्थलमा स्पिरिट एयरलाइन्सको विमानमा पनि आगो लागेको थियो । यद्यपी यसमा कुनै हताहतको खबर भने आएको छैन ।

    प्राप्त जानकारी अनुसार दुबै हेलिकप्टरमा दुई-दुई जना सवार थिए । दुर्घटनामा सबै चार जनाको मृत्यु भएको छ । जबकि दुबै विमान पूर्ण रुपमा ध्वस्त भएका छन् । उत्तर लस भेगास एयरपोर्ट डाउनटाउन लस भेगासको लगभग तीन माइल उत्तरमा अवस्थित छ। यो विमानस्थल मुख्यतया सामान्य उड्डयन र साना विमानहरूको लागि प्रयोग गरिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij